काठमाण्डौं, १६ असोज । शुक्रवार र शनिवारको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २८ पुगेको छ भने अरु २५ जना हराइरहेका छन् । एक सय ५८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाकारी गराएको छ । सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बजानकारी दिनुभयो ।
यसैबीच ललितपुरमा थप ९ जनाको शव भेटिएसँगै बाढीपहिरोमा परी ललितपुरमा मात्रै मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ । बेपत्ता भएकाहरुको खोजी अझै जारी रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार अहिलेसम्म भेटिएका शव पाटन अस्पतालमा ल्याएर पोस्टमार्टम गरी आफन्तले बुझेर लग्ने क्रम चलिरहेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।