२०८३ कार्तिक १२ गते बुधवार

घर पोत्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डौं, १५ असोज ।  गुल्मीको मालिका गाउँपालिका –२ दर्लिङ्की २७ बर्षीया माया रोकामगरको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका घर पोत्ने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनुभएको छ ।

घर पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेन्ट प्रवाह भई घाईते भएकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । उहाँको गए राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।