२०८३ कार्तिक १२ गते बुधवार

कोशी ब्यारेजको पुलमाथिबाट बग्न थाल्यो पानी

सुनसरी, १२ असोज । सप्तकोशी नदीमा पानीको बहाव उच्च हुँदै खतराको सङ्केत पार गरेपछि शनिवार अपराह्न ४ बजे देखी कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ । नदीमा आएको बाढी पुलमाथिबाट बग्न थालेपछि आवतजावत बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार शनिवार अपराह्न कोशीमा पानीको बहाव ५ लाख ४९ हजार क्युसेक मापन भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जरुरी सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट मानिस तथा सवारी साधन आवतजावत बन्द गरिएको जनाएको हो। अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ। सुनसरी प्रशासनका अनुसार कोशीमा उच्च जोखिमको अवस्था छ । त्यसैले ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन ।

विहारको जल संसाधन विभागले पनि नेपालमा लगातारको वर्षाका कारण कोशी, गण्डकी र महानन्द नदीमा जल सतह उच्च हुँदै गएको भन्दै सतर्कता अपनाउन सरकारी अधिकारीहरूलाई निर्देशन दिएको छ। बाढी व्यवस्थापन सुधार सहायता केन्द्र, पटनाले जारी गरेको पूर्वानुमानअनुसार शनिवार दिउँसो वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार लाख क्युसेक पानीको बहाव हुने सम्भावना छ, जुन हालसम्मको अधिकतम पानीको बहावको नजिक हुनेछ ।

सुनसरी प्रशासनले सहायक नदीहरूमा बढेको बाढीका कारण कोशीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले कोशीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताएका छन् ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।