बाढी पहिरोमा परी ५० जनाको मृत्यु, १५ जना भन्दा धेरै बेपत्ता

काठमाण्डौं, १२ असोज ।  मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार अहिलेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । काठमाण्डौमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेमा ६, मकवानपुरमा ३ जना, पाँचथरमा ५, सिन्धपाल्चोकमा २, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी काठमाण्डौ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । कठमाण्डौ उपत्यकामा बाढीमा फसेका एक हजार ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । बाढीपहिरोमा परेर केही घाइते भएका छन् । कम्तीमा १५ जना हराइरहेका छन् ।।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया