२०८३ कार्तिक ११ गते मङ्गलवार

सुनको भाउमा अर्को नयाँ कीर्तिमान

काठमाण्डौ, ८ असोज । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो । सुनको भाउले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ ।त्यस्तै आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।हिजो भने चाँदीको भाउमा घटबढ भएको थिएन । हिजो चाँदीको भाउ अस्तिको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कायम रहेको थियो ।।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।