२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक युवती घाइते

तुलसीपुर, २ असोज । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक युवती घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–३ घर भई अहिले दाङको तुलसीपुर–७ खर्चुवामा कोठा भाडामा बस्दै आएकी २२ वर्षीया सोनिया खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खर्चुवाबाट तुलसीपुर बजारतर्फ आउदै गरेको रा १ त १६०१ नम्बरको ट्याक्टरले खर्चुवा स्कुल नजिकै पैदल हिडिरहेकी उहाँलाई आज दिउँसो सवा २ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकी सोनियाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।