मेष राशि – आत्मविश्वास वढ्नेछ। उच्च अधिकारीसँग सम्बन्ध राम्रो हुनेछ शिक्षा क्षेत्र शुभ रहला । अधुरा कार्य सुचारु होलान् । कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त होला ।
बृष राशि – अध्ययन र ज्ञान प्राप्तमा सफलता मिल्ला । योजात्मक कार्यले सफलता पाउला । सामाजिक कार्यमा मान प्राप्त होला ।व्यक्तिगत जीवनमा गोपनीयता राख्न आवश्यक छ ।
मिथुन राशि – अनावश्यक विवादमा परिएला। स्वास्थ्य समस्या वढेर आउला । साझेदारीमा काम गर्नु उपर्युक्त नहोला ।
कर्कट राशि – आज सन्तान र प्रेम सम्बन्धमा ख्याल राख्नुहोला । सामाजिक सक्रियता बढ्ला ।साहित्य र मनोरञ्जनमा मन जाला ।विभिन्न अवसरहरू प्राप्त होला ।
सिंह राशि –आत्मविश्वास बढ्नेछ धर्मकर्ममा मन जाला । अधुरा कार्य पुनः सुचारु होलान् ।रचनात्मक कार्यमा सहभागि भइएला ।
कन्या राशि – स्वास्थ्यमा ख्याल राख्नु होला । अनावश्यक विवाद वाट बच्नुहोला ।व्यवसायमा भने सोचे अनुरूप सफलता मिल्ने छैन । राजनैतिक सफलता भने प्राप्त होला ।
तुला राशि – सृजनात्मक कारयमा रुची वढ्ला ।अध्ययनमा राम्रो प्रगति होला । पारिवारिक सन्तुलन कायम हुनेछ ।
वृश्चिक राशि – स्वास्थ्यमा ध्यान दिनु पर्ला –। साझेदारीसँग असहमति उत्पन्न होला । वाद विवादबाट बच्नु होला ।
धनु राशि – विद्या र ज्ञानले परिपूर्ण भैएला ।अरुलाई प्रभावित पार्न सकिएला ।न्यायिक कार्यमा सफलता होला ।पारीवारिक सन्तुलन कायम होला । आर्थिक क्षति भने सहनु पर्नेछ ।
मकर राशि –धैर्यता एवं लगनशीलताले कार्य सहजै सम्पादन होलान् ।दिन प्रमिल होला । शिक्षा क्षेत्र शुभ रहेको छ ।आत्मविश्वास बढ्ला ।
कुम्भ राशि – स्वास्थ्यमा ख्याल राख्नु होला ।अनावश्यक विवाद वाट बच्नुहोला । गोपनीयता राख्नुहोला ।मन खिन्न होला । उत्साह घट्नेछ । सामाजिक कार्यमा हात नहाल्दा नै शुभ होला । गरेको कार्यमा लाभ मिल्ने छैन ।
मिन राशि –स्वादिष्ट भोजन प्राप्त होला । वाणीको प्रशंसा बढ्ला ।नयाँ अवसर प्राप्त होला । साथीभाइकाे सहयोगले मन खुसी होला ।अध्ययनमा राम्रो प्रगति होला
आजको लागि वास्तु टिप्स :
प्रवेश द्वारमा तोरण, स्वस्तिक लगाउनुहोस् जसले घर भित्र नकारात्मक उर्जा प्रवेश गर्नबाट रोक्दछ । प्रवेश (ढोका ) द्वारको बाहिर गणेशकाे चित्र नलगाउनुहोस् । यदि लगाउनु छ भने भित्र लगाउनुहोस् जसले परिवारमा एकता एवं परिवारको संरक्षणमा महत्वपूर्ण कार्य गर्दछ ।घरको पूर्व दिशामा मयूरको प्वाँख, सूर्यको उदाउँदो चित्र वा ब्रास, तामाको चित्र लगाउँदा पनि अत्यन्त शुभ हुन्छ ।
ज्योतिष – माधवा शर्मा ( आचार्य सिद्धान्त ज्योतिष ) मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ । फोन नं ९८४८०६०७९९























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।