काठमाडौं, २९ भदौ । महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै दाउरा निकाल्ने क्रममा १८ वर्षीय सौरभ दमाई र १५ वर्षीय अभि दमाई नदीमा बगेकोमा सौरभको शव भेटिएको र अभि वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिनुभयो ।
अभीको खोजी भइरहेको छ । महाकाली नदीमा बाढीले बगाएर ल्याउने रुख तथा काठ संकलन गरी दाउरा बनाउन स्थानीयबासिन्दा नदी किनारमा जाने गरेका छन् ।।
प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।