तुलसीपुर, २८ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा बिहिबार रातीको अवरल बर्षाले एउटा घर भत्किएको छ । शिवसक्ती टोलका धेरै जनाको घरमा भल पानी पसेपनी स्थानिय कृष्णी वलीको कच्ची घरमा पुर्ण रुपमा क्षेती भएको हो । अन्य घर भने पक्की भएकाले धेरै क्षेती हुन नपाएको स्थानियले बताएका छन् । स्थानिय सरकारले ढल व्यवस्थापनमा ध्यान नदिदा अहिले क्षेती व्यहोर्नु परेको स्थानियले बताएका छन् । तुलसीपुर बजार भित्रै पर्ने वडा नम्बर ६ को शिवसक्ती टोलमा बर्षाले घर भत्किएपछी स्थानिय आक्रोसित भएका छन् । नगरपालिकाले ढल व्यवस्थापनमा चासो नदिदा सिंचाई कुलाको पानी घरमा पसेर क्षेती गरेको तुलसीपुर-६ का तारा प्रसाद परियारले बताउनुभयो । भुमि अधिकार श्रमिक संगठन नेपाल, तुलसीपुर नगर कमिटिका अध्यक्षसमेत रहेका परियारले बजार क्षेत्रको सबै भलपानी सोही कुलामा हालेकाले आसपासका घरमा क्षेती भएको बताउनुभयो । ढल व्यवस्थापनका लागी स्थानिय सरकारलाई पटक–पटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको शिवशक्ती टोल विकास संस्थाका सचिव घनश्याम बिकले बताउनुभयो । एउटा घर भत्किएपनि बर्षाले शिवशक्ती टोलबासी नै प्रभावित भएको उहाँले बताउनुभयो । यो अवस्था आउछ भनेर नै आफुहरुले पहिल्यै स्थानिय सरकारको ध्यानाकर्षण गराएपनि चासो नदिदा अहिले क्षेती व्यहोर्नु परेको उहाँले बताउनुभयो ।
बर्षासँगैको भलपानी शिवसक्ती टोलका धेरै घरमा पसेपनी अन्य घर पक्की भएकाले एउटा मात्रै घर भत्किएको भन्दै अन्य धेरै घरमा सामान्य क्षेती भएको उहाँको भनाई छ । यता तुलसीपुर–६ का वडासदस्य यमराज केसीले घर भत्किनुमा स्थानिय सरकार अर्थात वडा र नगरपालिकाको कुनै दोस नभएको बताउनुभएको छ । आर्थीक अभावले गर्दा स्थानियको माग अनुसार काम गर्न नसकिएको साचो भएपनी घर नै भत्कियोस् भन्ने मनासय स्थानिय सरकारको नरहेको उहाँले स्पष्ट पार्नुभयो । विपद् भन्ने प्राकृतिक चिज भएकाले जतीबेला पनि आउन सक्ने यसलार्य कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो । क्रमिक रुपमा नालाहरु पक्की गर्ने काम भइरहेको भन्दै उहाँले विकास निरन्तर चल्ने प्रकृया रहेकाले आगामी दिनमा जनताका आवश्यकता पुरा हुदै जाने बताउनुभयो ।
आधिकारीक जानकारी प्राप्त भएको छैन : नगरपालिका यता तुलसीपुर उप–महानगरपालिकाले भने यसबारे आधिकारिक रुपमा जानकारी प्राप्त नभएको बताएको छ । आधिकारीक रुपमा प्रहरी मुचुल्का र वडाको सिफारिससहित आएका विपद् प्रभावितलाई आवश्यक सहयोग गर्ने विपद शाखा प्रमुख टोप बहादुर डाँगीले बताउनुभयो । नगरपालिकाले प्रत्यक बर्ष विपत प्राभावितलाई दिने राहतसम्बन्धि मापदण्ड गराउदै आएको भन्दै घर भत्किएको हकमा अधिकतम २५ हजार रुपैयाँसम्म दिने गरेको उहाँले बताउनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।