दाङ, २८ भदौ । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष सहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका अध्यक्ष भुपेन्द्रा बुढासहित तीन जना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । परिचय पत्रको आधारमा उपाध्यक्षको नाम र ठेगाना खुलेपनि अन्य मृतकको भने पहिचान नभएको प्रहरीले जनाएको छ ।
रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । सोही घटनामा परेर गम्भिर घाइते हुनुभएका भूमे गाउँपालिका –३ निवासी २९ वर्षका प्रेम बहादुर पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । गाडी सडक देखि करिब ३ मिटर तल खसेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।