चट्याङ लागेर ७ जनाको मृत्यु

काठमाण्डौं, २४ भदौ ।  भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको पुष्टि गर्नुभएको हो ।

उहाँले यो घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको जानकारी दिनुभएको छ । मुख्यमन्त्रीले मृतकका परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । हरेक वर्ष मनसुनको समयमा भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया