२०८३ कार्तिक ११ गते मङ्गलवार

Update झाडापखालाका बिरामीको संख्या चार सय नाघ्यो,एक महिलालाई नेपालगञ्ज रिफर

तुलसीपुर,१३ जेठ । दाङको शान्तिनगर गाउँपालिकामा एक्कासी फैलिएको झाडापखालाबाट चार सय बढि बिरामी परेका छन् । गयराति सम्म ४ सय १९ जना विरामी परेका थिए भने आज विहान देखि थप विरामी आउने क्रम जारी रहेको त्यहाबाट पत्रकार निराश पाण्डेले जानकारी दिएका छन । विरामी मध्ये एक जनालाई नेपालगञ्ज रिफर गरिएको छ । वडा नम्बर ३ कि डिला चन्दको नेपालगञ्जमा आईसियूमा राखेर उपचार भैरहेको जनाइएको छ । अरु विरामीहरुको अञ्चल अस्पताल , तुलसीपुर सिटी,राप्ती लाईफ र चिरेघाट स्वास्थ्य चौकिमा उपचार भैरहेको केहि विरामी भने उपचार पछि घर फर्किएको जनाइएको छ । दुषित पानीका कारण शान्तिनगर गाउँपालिकाको वडा नंं. ३ को पातेटाकुरा, गाहा टोल, अधेरे, गनारी र वडा नंं. ४ को एकली ,रोइनीघारी र कजेरी टोलका स्थानीय वसाीन्दामा झाडापखलाको प्रकोप फैलिएको चिरेघाट स्वास्थ्य चौकीले जनाएको छ । अहिले खानेपानी संस्थाले मुहान सरफाई गरेको छ । यसका साथै पानी उमालेर पिउन सुझाव दिएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।