२०८३ कार्तिक ११ गते मङ्गलवार

कविताकाे शिर्षक – पानी

धेरै पहिला गाह्रो थियो, पानी पिउँनलाई । साह्रै दुःख कष्ट थियो, जीवन जिउँनलाई ।। गाग्री बोकी खोलामा, जान्थे छोरी बुहारी । घरमा आउँदा पाकीसक्थ्यो, भात तरकारी ।। अलिपछि गाउँमा बने, सार्वजनिक धारा । त्यही पनि मान्छेलाई लाग्न, थाल्यो टाढा ।। कुर्दा कुर्दै पानी धारा, दिनै विताउँथ्यो । पालो आउला भन्दा भन्दै, सुर्य आउँदाउथ्यो ।। के पुग्थ्यो र घरमा, दुईचार गाग्री पानीले । ट्वाइलेट पनि फोहर भयो, थोरै थोरै पानीले ।। खोलानाला धेरै टाढा कहिले हो, नहाउँने । पानी सुक्दा पधेँरीमा, सधै मन दुःखाउने ।। हामी सबैको घरघरमा, पिउने पानी धारा । अब हामीलाई जानुपर्दैन, खोला र किनारा ।। पहिले पहिले पानी धारा, हुन्थे सहर सहरमा । अहिले भने पानी धारा, पुगे घर घरमा ।। आजभोली मान्छेलाई, सुखका दिन आए । आफ्नै घरको धारामा, पानी खान पाए ।। बाहिर पानी धारा, भित्र गाग्री खाली । मान्छे भुले मोबाइलमा नक्कल पारी पारी ।। सधैँ हामीले पिउन पर्छ, स्वच्छ अनि सफा पानी । भन्छन् – ‘स्वच्छ सफा पानी’, सुन्दर जिन्दगानी ।। सधै हामीले सफा राखौं, मुहान टंकी अनि धारा पानी । अकालमै ज्यान जान्थ्यो यस्ता कुरा हामीले नजानी ।। उमालेर खाऔं पानी, भए फिल्टर नभएर छानेर । ‘फोहर पानी रोगको खानी’ भन्ने कुरा सबैले जानेर ।। जीवन विताऔं निरोगी भई, बनौ सबै स्वाभीमानी । जलस्रोतको धनी देश, हामी कति भाग्यमानी ।। कवि – कृष्ण चन्द चिन्तक तुलसीपुर ८ अश्वारा 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।