२०८३ कार्तिक ११ गते मङ्गलवार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार

तुलसीपुर,१२ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बेलुकाबाट सानो आन्द्राबाट भईरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो । उहाँ अझै एक हप्ता अस्पतालमा रहनु हुनेछ । यसैबीच भारतस्थित नेपाली राजदूतावासले हिजो विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।