काठमाडौं, २७ श्रावन । अहिले देशका विभिन्न ठाउँमा धान गोड्ने काम भइरहेको छ । देशभर ९८ प्रतिशत धान रोपाई भएकोमा केही ठाउँमा गोड्ने काम सकिएको छ भने अधिकांश स्थानमा गोड्ने काम भइरहेको छ । धान गोड्ने बेलामा धानको गाँजमा किरा लागे नलागेको अनुगमन गर्न कृषि विज्ञले सुझाव दिएका छन् । किरा लागेको भए यसमा विषादी प्रयोग गर्ने अहिले उपयुक्त समय भएको कृषि विज्ञ सुदिप उपाध्यायले बताउनुभयो ।
किराको अनुगमन गर्दा मित्रु जीव हो या शत्रु जीव भन्ने यकिन गर्न पनि उहाँले अनुरोध गर्नुभयो । किरा खाइरहेको भए त्यो मित्रु जीव हुने र धानबाली खाइरहेको किरा भए शत्रु जीव हुने उहाँको भनाइ छ । धानबाली खाइरहेको किराले बालीमा असर गर्ने भएकाले त्यस्ता किरा मात्रै मार्नुपर्नेमा उहाँले जोड दिनुभयो । मित्रु जीव धेरै भएको ठाउँमा विषादी छर्न नपर्ने पनि कृषि विज्ञ सुदिप उपाध्यायले जानकारी दिनुभयो ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।