२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा खान लाउन नदिएकै मुद्धा धेरै

तुलसीपुर, २३ श्रावन । दाङको तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा सबै भन्दा धेरै मानाचामल/आमद इज्जत अनुसार खान लाउन नदिएको मुद्धा परेका छन् । वितेको एक वर्षमा ७९ वटा यस्ता मुद्धा परेको न्यायिक समितिले जनाएको छ । त्यसपछि जग्गा विवाद तथा भवन संरचना बनाएको ११, लेनदेनका ५, ज्याला मजदुरी ३, सम्बन्ध विच्छेद ३, निकासा खुलाउनका लागि ४, बलेसीको पानी अर्काको घरजग्गामा खसालेको २, रुख विरुवा लगाएर असर पु¥याएको २, कुलोपानी २, गालीबेइजतीको १, प्रदुषण हटाउन भन्दै १ र अन्य १० रहेको कानुनी मामिला शाखाका हुम बहादुर विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बितेको आर्थिक वर्ष २०८०/०८१ मा १ सय २३ मुद्धा परेकोमा ७२ वटा फछ्र्यौट भएका छन् भने ४८ वटा फछ्र्यौट बाँकी रहेका छन् । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १अन्तर्गत ९३ र उपदफा २ अन्तर्गत ३० वटा मुद्धा दर्ता भएको विकले बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा २ सय ७ मुद्धा दर्ता भएको थियो । दर्ता भएका मुद्धामध्ये ८८ वटा जिम्मेवारी सरेर गत वर्षका लागि आएका थिए । ८८ मध्येबाट पनि ४८ वटाको फछ्र्यौट गरिएको छ भने, ४० वटा अझै बाँकी रहेका छन् ।

यस्तै न्यायिक समितिले ठाडो उजुरीका आधारमा पनि छलफल गराइ समस्याको समाधान गर्ने गरेको छ । वितेको आर्थिक वर्षमा ५७ वटा ठाडो निवेदन परेकोमा ४१ वटा निवेदनमाथि छलफल मार्फत समस्याको समाधान गरिएको छ भने मौखिक रुपमा विवाद तथा समस्या लिइ आएका ९७ सेवाग्राहीलाई परामर्श दिइएको छ । किन मुद्धाको जिम्मेवारी  सर्छ ? आर्थिक वर्ष २०७९/०८० मा २ सय ७ मुद्धा दर्ता भएको मुद्धामध्ये ८८ वटा जिम्मेवारी सरेर गत वर्ष २०८०/०८१ का लागि आएका थिए । तर यस वर्ष पनि जिम्मेवारी सरेर आएका ८८ मुद्धामध्येबाट ४८ वटाको मात्रै फछ्र्यौट गरिएको छ भने ४० वटा अझै बाँकी रहेका छन् । ४० वटा फेरी चालु आर्थिक वर्षका लागि सरेका छन् ।

कतिपय मुद्धाहरु छलफलका लागि बोलाउदा सम्बन्धित मान्छे छलफलमा नआउँदा लम्बिएको न्यायिक समितिका सदस्य लालमती भण्डारीले बताउनु भयो । ‘न्याय दिने काममा ढिलाई हुँदा अन्यायमा परेका नागरिकलाई अझै अन्याय हुने गरेको कतिपयको बुझाई छ ।’ उहाँले भन्नुभयो– ‘तर कतिपय मुद्धा लम्ब्याउँदा विपक्षीहरुलाई ढिलो गरी सहमतीमा ल्याउन सजिलो हुने गर्छ । कतिपयले आवेगमा आएर मुद्धा दिएका हुन्छन् ।’ मुद्धाको अवधि लम्ब्याएर छलफलमा लैजाने गर्दा मिलेर जाने गरेको उहाँले बताउनु भयो ।।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।