बङ्गलादेश, १९ श्रावन । बङ्गलादेशमा सरकारी जागिरमा कोटा प्रणालीको विरोध गर्दै भएको आन्दोलनमा हिंसा भड्किदा ज्यान गुमाउनेमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका पाइएको छ ।एक हप्ता अघि भएको हिंसामा ज्यान गुमाएका दुई सय भन्दा धेरै व्यक्तिमध्ये कम्तीमा ३२ जना बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले जनाएको छ ।
सुरक्षाफौजले आन्दोलन दबाउन बल प्रयोग गर्दा एक जना पाँच वर्षकासहित ३२ जना बालबालिका रहेका पुष्टि भएको युनिसेफको प्रतिबेदनमा उल्लेख छ । यस्तै केही बालबालिकालाई थुनामा राखेको भन्दै युनिसेफले बङ्गलादेश सरकारलाई सचेत गराएको छ । सर्वोच्च अदालतको आदेशपछि सरकारले कोटा प्रणालीलाई फिर्ता लिएको छ । तर विद्यार्थीहरूले ज्यान गुमाएका, घाइते भएका र थुनामा परेकाहरुको न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।।
प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार