तुलसीपुर, १७ श्रावन । मानिसले वातावरण संरक्षण प्रतिको माया घटाउन थाले जिवन नै समाप्त हुने वन्यजन्तु संरक्षण संघ नेपालका निर्देशक वातवारणविद् सञ्जिवनी योञ्जनले बताउनुभएको छ । हर प्राणीको जिवन प्रकृतिसँग जोडिएकाले प्रकृतिलाई कहिल्यै पनि पैसासँग तुलना गर्न नहुने बताउनुभयो । मंगलबार र बुधबार वुटवलमा आयोजित पत्रकारहरुका लागी दुई दिने चक्रिय अर्थतन्त्र, जलवायु परिवर्तन र दिगो जिवनका बारेमा प्रशिक्षण दिदै यस्तो बताउनुभएको हो । यस्तै वातावरण संरक्षणका लागी सर्वप्रथम शुन्य फोहोरको अबधारणा हामीमा आउनुपर्ने बताउनुभयो । कम फोहोर उत्पादनले वातावरण स्वस्थ रहने,स्वस्थ वातावरणले मानव स्वस्थ रहने भएकाले घरबाट नै फोहोर कम उत्पादन गर्ने बानीको विकास गर्नुपर्ने भन्दै यसले चक्रिय अर्थतन्त्रलाई समेत सहयोग पुग्ने बताउनुभएको थियो ।
यस्तै बन तथा वातावरण मन्त्रालयका वरिष्ठ वातावरण निरीक्षक निर्मल चौधरीले चक्रीय अर्थतन्त्र पद्धतिका आधारभूत विषयमा सबै जानकार हुनुपर्ने बताउँदै पत्रकारहरुले यस्ता विषयहरुलाई उठाइरहनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका सहभागीहरूले देशलाई चक्रीय अर्थतन्त्र पद्धतिमा लगेर वातावरण जोगाउने क्रियाकलाप गर्नुपर्ने र यसलाई संचारको माध्यमबाट अगाडि बढाउनुपर्ने सुझाएका थिए । वातावरण प्रदूषण हुने खालका सामग्रीहरू प्रयोग गर्न नहुने, कुनै पनि नयाँ सामग्रीहरू उत्पादन गर्दा त्यसलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने, उद्योग सञ्चालकहरुले आफ्नो बस्तु उत्पादन गर्दा त्यहाँबाट निस्किने फोहोरहरु उनीहरुले नै व्यवस्थापन गर्नुपर्ने तथा सकेसम्म थोरै मात्रै फोहोर उत्पादन हुने वातावरण सृजना गर्नुपर्नेमा जोड दिइएको थियो ।
यस्तै आधुनिक विकासका नाममा वातावरणीय प्रभावलाई ध्यान नदिँदा झनै समस्या बढ्दै गएकाले यसतर्फ सरकारले समयमै ध्यान दिन आवश्यक रहेको बताएका थिए । नेपालमा चक्रीय अर्थतन्त्र सम्बन्धी युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघ र इम्प्याक्ट हबले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।