२०८३ कार्तिक ११ गते मङ्गलवार

प्रधानमन्त्री नियुक्ति आज हुने

काठमाडौं, ३० असार । देशको नयाँ प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति आइतबार साँझ हुने भएको छ ।नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ ९२० बमोजिमको प्रधानमन्त्री दाबी पेश गर्नुभएको थियो । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिनु भएको छ ।

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । ‘दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ’– राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोख्रेलले भन्नुभयो ।।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।