प्युठान, २२ असार । प्युठानको माण्डवी गाउँपालिका–३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि नियन्त्रणका लागि वडाले यस्तो जुक्ती निकालेको हो । शंखेकिरा समातेर ल्याउने किसानलाई प्रतिकिलो १५ रुपियाँका दरले रकम दिने निर्णय गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयो ।
किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । शङ्खे किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पार्ने भएकाले किसानलाई जागरूक बनाउन शंखेकिरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेको उहाँको भनाई छ । वडाले शङ्खे किरा निर्मूल पार्ने अभियानमा सहभागी भई बाली संरक्षणमा योगदान पुर्याउन समेत आग्रह गरेको छ ।।
प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।