तुलसीपुर, ११ असार । शीतल एकेडेमी तुलसीपुरले मानव सेवा आश्रम तुलसीपुरलाई आर्थिक सहयोग गरेको छ । एकेडेमीमा अध्ययनरत विद्यार्थीले खाजा खर्च कटाएर जम्मा गरेको १४ हजार र शीतल एकेडेमीको तर्फबाट १६ हजार सहित ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको सञ्चालक उमेश प्रसाद जोशीले जानकारी दिनुभयो । शीतल एकेडेमीमा अंग्रेजी, जर्मन, कोरिएन र जापानिज भाषाको पढाई हुँदै आएको छ । शितल एकेडेमीले आश्रममै पुगेर आर्थिक सहयोग गरेको हो ।
प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।