२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा खानेपानीको हाहाकार

तुलसीपुर, २ असार । खडेरीका कारण दाङको तुलसीपुरका विभिन्न क्षेत्रमा खानेपानीको हाहाकार हुन थालेको छ । खडेरीले पानीका मुहान सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो । पानीका मुहान सुक्दै गएपछि उपभोक्तालाई पिउन, नुहाउन, कपडा धुन, गाइवस्तुलाई खुवाउन समस्या भएको छ । खडेरीका कारण मुहान सुक्न थालेपछि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पानी वितरणमा समेत कटौती गरेको छ । बिहान बेलुका डेढदेखि २ घण्टा पानी दिने तुलसीपुर खानेपानीले बिहान साँझ १ घण्टा, केही उपभोक्तालाई आधा घण्टा खानेपानी दिँदै आएको समितिका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार केही उपभोक्तालाई दिन विराएर धारामा पानी दिदै आएको छ भने केहीलाई दिनको एक पटक मात्रै पानी दिने गरेको छ ।

धारामा पानी सानो आउने उपभोक्ताको गुणासोलाई स्वीकार गर्दै उहाँले पानी ट्यांकीमा नै पानी कम भएकाले प्रयाप्त मात्रामा पानी पु¥याउन नसकिएको उहाँको भनाई छ । तुलसीपुर खानेपानीले ३ नंबर वडादेखि १२ नंबर वडासम्मका ९ वटा वडाका उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । आजभोली खडेरीका कारण धारामा पानी पु¥याउन नसकेको ठाउँमा विहानदेखि साँझसम्म ट्यांकरमार्फत पानी वितरण गर्दै आएको बताउनु भयो ।

तुलसीपुर ६ को रजौरा स्थित लक्ष्मी टोल, शिखर कोलेनी टोल, बरुवा गाउँ, १२ को कपडादेवी, एयरपोट, ७ को पातु लगायतका क्षेत्रमा पानी नभएका कारण ट्यांकरमार्फत खानेपानी वितरण हुँदै आएको अध्यक्ष भण्डारीले बताउनु भयो । यसरी पानी नियमित आउन छोडेपछि खानेपानीको समस्या बढ्दै गएको छ । खडेरीले तुलसीपुर बजारमा मात्र पानीको समस्या देखिएको छैन, मुहान सुक्दै गएपछि गाउँघरमा समेत खानेपानीको हाहाकार हुन थालेको छ । गाउँका कुवाहरु पनि सुक्न थालेका छन् । पानीको हाहाकार हुन थालेपछि कतिपय स्थानीय खोलामा जाने गरेका छन् । ।

प्रकाशित मिति : २०८१ असार २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।