२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा छुट्टाछुट्टै घटनामा परी २ जनाको मुत्यु

तुलसीपुर, २० जेठ । दाङमा छुट्टाछुट्टै घटनामा परी २ जनाको मुत्यु गएको छ । पश्चिम दाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ भने टिप्परले विद्युतको पोल ढल्दा तीन बर्षीया बालिकाको मृत्यु भएको छ । छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङको तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।

साथीहरुसंग छहरामा पिकनिक खान गएका न्यौपाने शनिवार बेलुका साढे ४ बजेरतिर छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । यस्तै दाङको तुलसीपुर – १८ मा टिप्परले विद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले विद्युतको लाइन छुन जाँदा तार तानिएपछि पोल ढलेको थियो। तुलसीपुर १८ मा ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर १७ मानपुरका तीन बालक घाइते भएका थिए ।

त्यसमध्ये लक्ष्मण चौधरीकी ३ वर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा राति १०ः५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अन्य दुई बालक भने उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।