२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा बस दुर्घटना हुँदा २३ जना घाइते

तुलसीपुर,१६ जेठ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् । गढवा–कोइलाबास सडकखण्डमा भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बस गढवा गाउँपालिका ५ चिसापानीमा दुर्घटना भएको हो ।

घाइते सबैको अवस्था सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक बहादुर मल्लले जानकारी दिनुभयो छ । अहिले घाइतेहरु सबै लमही अस्पतालमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनु भयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।