बाथको लक्षण
– जोर्नी दुख्ने तथा सुन्निने – अंगले काम गर्न समस्या हुने – रातो हुने यी खानेकुराबाट बचे बाथका लागि राम्रोमदिरा र सूर्तिजन्य पदार्थ
हुन त मदिरा र सूर्तिजन्य पदार्थले स्वस्थ्य व्यक्तिको शरीरमा पनि हानिकारक पुर्याउँछ । तर बाथका रोगीलाई यसले अझ बढि असर पुर्याउँछ । यसले जोर्नी दुख्ने क्रम अझ बढाउँछ ।फ्राइ गरेको या प्याकेटको खाना
फ्राइड मिट, चिस्याइएका तरकारीहरु जस्ता फ्राइ गरेको या प्याकेजिङ गरेका खानेकुुराहरु बाथ रोगी नखाँदा राम्रो । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ ।बढी तताइएको खाना
बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने एक अध्ययनले देखाएको छ । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ ।चिनी
गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।दुग्धजन्य पदार्थ
बाथका रोगीका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ ।
प्रकाशित मिति : २०७५ बैशाख २९ गते शनिवार






















टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।