पाँच सय विद्यार्थीको आँखा चेकजाँच

तुलसीपुर, २८ वैशाख ।

तुलसीपुर–६ गाइडहर स्थीत राप्ती बाल एकाडेमीमा निशुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ दाङ राप्ती आँखा अस्पतालको आयोजनामा शुक्रवार विद्यालयमा आँखा चेकजाँच गरीएको विद्यालयका प्रिन्सीपल ठाकुरप्रसाद डाँगीले जानकारी दिएका छन् ।

विद्यालय आँखा कार्यक्रममा पाँच सय ५० जना विद्यार्थीहरुको निशुल्क आँखा चेकजाँच गरीएको अस्पतालका वाह्ेयकार्यक्रम सहसंयोजक विष्णु खनालले जानकारी दिएका छन् । जस मध्य १२ जना दृष्टिदोस भएका विद्यार्थीहरु फेलापरेको बताएको छ । नेत्र सहायक सपना गौतमका अनुसार चेकजाँच गरिएका मध्य धेरै जसो विद्यार्थीहरुको आँखा पाक्ने, चिलाउने विजाउने समस्या देखिएको बताएको छ ।

दृष्टिदोसभएका विद्यार्थीहरुलाई निशुल्क चश्मा वितण गर्नुका साथै औषधीपनि वितरण गरीएको गौतमले बताइन् । राप्ती आँखा अस्पतालको प्राविधिक टोलिले विद्यालयमा सेवा दिएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया