तुलसीपुर, ३ जेठ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)मा ६४ जनाको हत्या भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षमा भएका हत्याका घटनामध्ये अधिकांशमा चिनजानेका व्यक्तिकै संलग्नता पाइएको छ ।
अधिकांश हत्याका घटना योजनाबद्ध रूपमा भन्दा पनि सामान्य विवाद, रिसको झोँकका कारण भएको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १०९ वटा हत्या भएका थिए । चालु आर्थिक वर्षको ९ महिनामा ४२ जना पुरुष र २२ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ । लुम्बिनीका १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै दाङ जिल्लामा हत्याको घटना भएको छ ।
दाङमा १४ जनाको हत्या भएको छ भने सबैभन्दा कम गुल्मीमा १ जनाको मात्रै हत्या भएको छ । बाँके र रुपन्देहीमा ९/९ जना, नवलपरासीमा ६ जना, कपिलवस्तुमा ४, बर्दिया र प्युठानमा ५/५ जना, पाल्पा र रोल्पामा ३/३ जना, अर्घाखाँचीमा र रुकुम पूर्वमा २/२ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।