तुलसीपुरको एक वडा स्वास्थ्य संस्था विहिन

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २२ बैशाख ।
तुलसीपुर नगर भित्र सरकारी स्वास्थ्य संस्था नभएको एउटा मात्र वडा हुने भएको छ । सरकारी स्वास्थ्य संस्था नहुने वडामा वडा नंम्वर ६ रहेको छ । नगरका १९ वटा वडा मध्ये वडा नं. ६ मा कुनै पनि सरकारी स्वास्थ्य संस्था नभएको र स्थापनाको लागि कुनै पहल समेत हुन सकेको छैन ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा कार्यालयले दिएको जानकारी अनुसार नगरभित्र ८ वटा स्वास्थ्य चौकी , ५ वटा नगर स्वास्थ्य केन्द्र र एउट सामुदायिक स्वास्थ्य ईकाई गरी हाल १३ वटा सरकारी स्वास्थ्य संस्था स्थापना भएका छन् ।

जसमा १२ वटा वडाबाट सेवा प्रवाह भईरहेको छ । यस्तै वडा नं. ८ मा शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र स्थापना हुन लागेको नगर स्वास्थ्य शाखाका प्रमुख विष्णु प्रसाद पोख्रेलले जानकारी दिएका छन् ।उनका अनुसार कार्यालय स्थापना भईसकेको हुदा अवको केहि समयमै सेवा सुचारु हुनेछ । यस्तै उपमहानगरपालिकाको कार्यपालिका बैठकले वडा नं. ७, १२,१४ र १६ मा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने विधेयक पारीत गरेको छ ।

विधेयक पारीत भएसगै स्थापनको लागि प्रक्रिया अघि बढईने शाखा प्रमुख पोख्रेलले बताएका छन् । उनका अनुसार वडा नं. १ मा स्वास्थ्य चौकी, २ र ३ मा नगर स्वास्थ्य केन्द्र, ४ मा स्वास्थ्य चौकी, ५ मा राप्ती अन्चल अस्पताल, ९ मा नगर स्वास्थ्य केन्द्र र आयुर्वेद अस्पताल, १० , ११, १३ ,१५ र १७ मा स्वास्थ्य चौकी, १८ मा नगर स्वास्थ्य केन्द्र र १९ मा स्वास्थ्य चौकी रहेका छन् ।

यसरी हेर्दा अहिले सम्म वडा नं. ६ मा कुनै एउटा सरकारी स्वास्थ्य संस्था स्थापना भएको छैन । वडा नं. ६ बजार क्षेत्र संग जोडिएको र राप्ती अन्चल अस्पताल नजिकै हुने भएकाले उक्त वडामा सरकारी स्वास्थ्य संस्था नभएको स्वास्थ्य शाखाका प्रमुख पोख्रेलको भनाई छ ।

यता वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेले जग्गा प्राप्त भएपनि अञ्चल अस्पताल नजिकै भएको हुदा स्वास्थ्य संस्था स्थापना हुन नसकेको बताएका छन । जग्गादाताले वडाभित्र स्वास्थय संस्थाका लागी जग्गा उपलब्ध गराएकाले आगामि दिनमा यसको लागि पहल थालिने उनले बताएका छन ।

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार
प्रतिक्रिया