बिजौरी, वैशाख १७ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्वस्थ रहनका लागि आहार, विहार र व्यवहारमा ध्यान दिनुपर्ने बताएका छन् । भीष्मस्मृति प्रतिष्ठानले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को स्वास्थ्य शहरी क्लिनिकमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै मेयर पाण्डेले विगतमा सरुवा रोगका कारण धेरैको ज्यान गरेकोमा हाल नसर्ने रोगका कारण ज्यान जाने गरेको बताए ।
खानपानमा ध्यान दिन नसक्दा मृटु, मृगौला, क्यान्सर रोग बढ्दै गएको बताएका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले नगरवासीलाई स्वस्थ राख्नका लागि उपमहानगरले विशेष कार्यक्रम गर्दै आएको बताए । प्रतिष्ठानका अध्यक्ष मोतीराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष नारायणकुमार आचार्य, वडा नम्बर १८ का वडाध्यक्ष माधव वली, कार्यपालिका सदस्य देवराज विक लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवम नेपाली काग्रेस दाङका नेता श्याम रेग्मीले रक्तदान गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सदस्य विदुर गौतमले गरेका थिए भने सञ्चालन सचिव टीकाराम पौडेलले गरेका थिए । नेपाली काग्रेसका नेता तथा समाजसेवी भीष्मराज गौतमको क्यान्सर रोगका कारण निधन भएको थियो ।
कार्यक्रममा श्यामकुमार रेग्मी, विदुर गौतम, शसिधर भुसाल, रविन्द्र केसी , यज्ञबहादुर पुन, नवीन वली, लक्ष्मी पौडेल, तारक रेग्मी, धर्मराज घर्ती, अभिशेष रेग्मी, कैलाश रेग्मी, रविराज गौतम, ललिलजंग पाण्डे, अर्जुन रेग्मी, टीकाराम पौडेललगायतकाले रक्तदान गरेका थिए ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।