२०८३ कार्तिक ११ गते बुधवार

वन डढेलोको जोखिम बढ्दै

काठमाडौँ, ४ चैत । केही दिनदेखि देशभर वन डढेलो बढिरहेको पाइएको छ । नेपालमा वन डढेलोका घटना बढ्ने क्रम पछिल्ला केही वर्षदेखि नै बढिरहेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा वन डढेलोका घटना तेब्बरले बढेका छन् । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वर्षको दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा धेरै मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेका विभागले जनाएको छ । डढेलोका कारण वनजङ्गल सहित कतिपय ठाउँमा डढेलो बस्तीमा पसेर मानवीय क्षति समेत हुने गरेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार २०७० सालपछिको एक दशकमा नेपालमा डढेलोका कारण ७ सय ६९ जनाको ज्यान गएको छ भने २ हजार ५ सय ६८ जना घाइते भएका छन् । यस्तै २२ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको छ ।।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।