तुलसीपुर २५ फागुन । नेपाली सेनाले सेना दिवस विविध कार्यक्रमहरू गरेर मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पाहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही-२०८० विमोचन गर्नुका साथै फ्रि-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः अमल्दार टंक बहादुर डाँगी र सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा सांगीतिक प्रस्तुती दिने भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गर्नुभयो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्री तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुती गरिएको थियो ।







