२०८३ असार २६ गते शुक्रवार

प्रधान सेनापति र अमेरिकी एडमिरल बीच भेटघाट

तुलसीपुर १४ फागुन ।  आज मिति २०८० फाल्गुण १४ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र संयुक्त राज्य इन्डो(प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी। एक्विलिनो बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास(४ लगायत आपसी चासोका विषयमा छलफल भयो ।

फाल्गुण १२ गते नेपालको तीनदिने भ्रमणमा आउनुभएका एडमिरल लाई जङ्गी अड्डामा प्रधान सेनापतिले स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । ग्लोबल पीस अपरेशन इनिसिएटिभको सहयोगमा नेपाली सेना तथा अमेरिकी सेनाको सहकार्यमा मिति २०८० फाल्गुण ०८ देखि २ हप्ता अवधिको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भइरहेको छ । एडमिरल ले १९ देशका सैनिकहरू सहभागी रहेको उक्त अभ्यासको मिति २०८० फाल्गुण १३ गते अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया