२०८३ कार्तिक ९ गते आइतवार

गुठी पीडित मोही किसानद्धारा प्रदर्शन

तुलसीपुर,९ फागुन । दाङमा आन्दोलनरत गुठी पीडित मोही किसानहरुले आज जिल्ला प्रशासन कार्यालय अगाडि रित्तो थाल थटाएर प्रदर्शन गरेका छन् । पुस्तौँदेखि आफूहरुले जोत्दै आएको जग्गामा आफूहरुको मोही रहेको र आफूहरुले पाउनु पर्ने जग्गा सर्वोच्च अदालतले गुठीको जग्गा खण्डीकरण नगर्ने भनी गरेको फैसलाले आफूहरु भोकै मर्नु पर्ने अवस्था आएको भन्दै मोही किसानहरुले रित्तो थाल ठटाएर आज प्रदर्शन गरेका हुन् । स्वर्गद्धारी आश्रम प्युठानको नाममा रहेको दर्ता श्रेष्ता जग्गा कायम भएको दाङमा रहेको ७ सय ५३ विगाह जग्गामा ३ हजार बढी किसानहरुको मोही रहेको छ । सर्वोच्च अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्धारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने उत्प्रेशन मिश्रित आदेश जारी गरेको थियो ।

मोहियानी हकका लागि विभिन्न चरणका आनदोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै दाङका मोही किसानहरुले हिजोदेखि आन्दोलन सुरु गरेका हुन् । सरकारले स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बोधन गर्न प्रयास नगरेको भन्दै चरणवद्ध रुपमा आन्दोलन गरिरहेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो । किसानहरुले गुठीपीडित मोही किसानको समस्या समाधान गर्न सरकारले विधेयक ल्याउने भनी आश्वासन दिए पनि हिउँदे अधिवेशन शुरु हुँदा पनि कुनै तयारी नभएको भन्दै आन्दोलनमा जानुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आज फागुन ९ गतेदेखि ११ गतेसम्म जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय दाङमा २४ सै घण्टा धर्ना दिने, फागुन १३ गतेदेखि १५ गतेसम्म ¥यालीसहित राजनीतिक पार्टीका कार्यालयमा धर्ना बस्ने, फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा ¥यालीसहित धर्ना र पूर्व–पश्चिम राजमार्ग दुई घण्टा सुतेर सडक बन्द गर्ने स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका सचिव भरतराज गिरीले जानकारी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय अगाडि पाँच सय किसान धर्नामा रहेको बताउँदै दुई सिफ्टमा दुई सय ५० किसानका दरले २४ सै घण्टा धर्ना दिइने जानकारी दिनुभयो ।

सार्वजनिक आन्दोलनका कार्यक्रम अनुसार फागुन २७ र २८ गते देशभरका गुठीपीडित किसानहरुको सम्मेलन घोराहीमा आयोजना गर्ने, दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने र चैत १ गतेदेखि दाङ बन्द वा काठमाडौ केन्द्रित आन्दोलन गर्ने गुठीपीडित मोही किसानहरुले घोषणा गरेका छन् ।।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।