२०८३ कार्तिक ९ गते आइतवार

स्थानीय स्तरमा उत्पादित अर्गानिक वस्तुको प्रयोगमा जोड 

तुलसीपुर, २७ । तुलसीपुरमा जारी मेलामा कृषि र वन स्रोतबाट प्राप्त कच्चा पदार्थहरुको प्रयोग गरी स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको विक्रि र प्रदर्शनीका लागी भनेर रैथाने कोशेली घर संचालनमा छ । स्थानीय स्तरमा उत्पादित बस्तुको प्रवद्र्धन तथा अर्गानिक कृषि प्रदर्शनीलाई विशेष जोड दिने उदेश्यले उक्त घर राखिएको हो ।

महोत्सवमा १६, १७ र १८ नम्बर स्टलमा अचार, मौरीको मह, सिन्की, मस्यौरा, सिस्नोको पाउडर, टिमुरको छोप, पातबाट बनेको डुना टपिरी, काँच र मुँञ्जबाट बनेका ढकिया, डेल्वा, टोपी, कलमदानी, पूजादानी लयागतका सामग्री राखिएको छ । १ लाखसम्मको विक्री गर्ने लक्ष्य रहेको ग्रीन फाउन्डेसन नेपाल दाङ शाखा अध्यक्ष केपी भण्डारीले जानकारी दिनुभयो । विक्रवितरण भन्दा पनि अर्गानिक चिजको प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि उक्त सामग्रीहरु प्रदशनी र विक्रवितरणका लागि राखिएको उहाँले बताउनुभयो ।

वजारमा पाइने मिसावटयुक्त वस्तु स्वास्थ्यको ख्याल नगरेर खाइरहेकाले त्यस्ता चिजको उपभोगमा कमी ल्याउने उद्देश्य रहेको उहाँको भनाइ छ । हामीले स्वास्थ्यलाई हानी पर्याउने उपभोग्यवस्तुहरु खाइरहेका छौँ । त्यसैले त्यस्ता वस्तुको प्रयोगमा कमी गर्ने भनेर कोसेली घर मेलामा संचालनमा ल्याएको हौँ उहाँले भन्नुभयो । विशेष गरी स्थानीय स्तरमा उत्पादित अर्गानिक वस्तुको प्रयोगमा जोड दिदै स्थानीय स्तरमै उद्यमीहरु निर्माण गर्ने र रोजगारी सिर्जना गर्ने उदेश्य रहेको ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाले जनाएको छ ।।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।