तुलसीपुर,४ माघ । सरकारको फितलो कानुन, झनझटिलो प्रक्रिया र किसानहरुमा जनचेतनाको अभावका कारण अर्गानिक कृषि क्षेत्रमा समस्या हुने गरेको एक कार्यक्रमका सहभाहिरुले बताएका छन् । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको आयोजनामा तुलसीपुरमा भएको एक दिने अर्गानिक कृषि पत्रकारिता तालिमका सहभगीले किसानहरुका लागी पर्याप्त प्राधिक तालिम नहुनु, कृषकले उत्पादन गरेको वस्तुमा विचौलियाको विगविगी हुनु र अर्गानिक कृषि उत्पानदको प्रचार प्रसार गर्न नसक्दा कृषकहरु थप समस्या पर्ने गरेको उनिहरुले बताएका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मानव स्वास्थ्य, पर्यावरण र जैविक विविधताको संरक्षणका लागि अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्विनी प्रदेशका कृषि प्रशासन अधिकृत अनिल कुमार बनिया र कृषि पत्रकार कृष्ण खनालले प्राङगारिक खेतिको प्रकार, प्राङगारिक मलको प्रकार, प्राङगारिक कृषि सम्बन्धी नीति, नियम, निर्देशिका र कार्यविधिका विषयमा प्रशिक्षण दिनु भएको थियो । तालिममा विभिन्न संचार माध्यमका २७ जना पत्रकारहरुको सहभागिता रहेको थियो । अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षतामा भएको तालिमको सहजीरकण सचिव मेनका शर्माले गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।