२०८३ कार्तिक ९ गते आइतवार

तुलसीपुरको तरकारी बजारमा डिजिटल मूल्य सूची बोर्ड 

तुलसीपुर, २६ मंसिर ।  तुलसीपुरको तरकारी तथा फलफूल कृषि बजारमा विद्युतीय मूल्य सूची बोर्ड राखिएको छ । तरकारी तथा फलफूल बजारमा पसल पिच्छे फरक फरक मूल्य हुने गरेको व्यापक गुनासो आएपछि मूल्य सूची बोर्ड राखिएको हो । आजदेखि सञ्चालनमा आएको बोर्डको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले तरकारी र फलफूलको मूल्य देखिने गरि डिजिटल बोर्ड राखिएकाले उपभोक्ताहरू ठगिनबाट जोगिने बताउनुभयो ।

त्यसैगरी उहाँले चिया पसल खोलेर किराना, खाद्यान्न, र मदिराको ब्यापार गर्ने गरेको  व्यापक गुनासो आउने गरेको बताउँदै दर्ता अनुसारको कारोबार नगरे कारबाही समेत गरिने चेतावनी दिनुभयो । यता तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद घिमिरेले उपभोक्ताको मागलाई मध्यनजर गर्दै तरकारी तथा फलफूलको मूल्यमा एकरूपता  ल्याउने उद्देश्यले मूल्य सूची बोर्ड राखिएको बताउनुभयो ।

सो अवसरमा किसानहरूले बिक्री मूल्यको सूची मात्रै राखेकोमा आपत्ती जनाउँदै खरिद मूल्य पनि राख्नु पर्नेमा जोड दिएका थिए । तरकारी बजारको  ३६ वटा स्टलमा तरकारी र फलफूल बिक्री बितरण हुँदै आइरहेको छ ।।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।