२०८३ असार २६ गते शुक्रवार

प्रधान सेनापति स्वदेश फिर्ता

तुलसीपुर ११ असोज  ।   प्रधानसेनापति प्रभुराम शर्मा पाँच दने भारत भ्रमण सम्पन्‍न गरी आज स्वदेश फर्कनु भएको छ । नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्‍न तेह्रौँ संस्करणको इन्डो-प्यासिफिक सेना प्रमुख सम्मेलन  लगायतका कार्यक्रमहरुको सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

असोज ८-१० गते सम्म शान्तिका लागि सँगै: इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता दिगो  भन्‍ने नारा सहित आयोजित उक्त  कार्यक्रममा  ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता रहेको थियो । नयाँ दिल्लीमा रहँदा प्रधान सेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरुका साथै भारतका चीफ अफ डिफेन्स स्टाफसँग बेग्लाबेग्लै भेटघाट गर्नुभयो ।

भ्रमणका क्रममा बिभिन्न मित्रराष्ट्रहरुका समकक्षी लगायतका पदाधिकारीहरुसँगको अन्तर्क्रियाबाट मानवीय सुरक्षा लगायतका साझा चासोका बिषयहरुमा अनुभवहरुको आदानप्रदान गर्ने अवसर प्राप्त भएको छ । साथै सम्बध्द देशहरुसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मध्दत पुगेको विश्वाश नेपाली सेनाले लिएको छ ।  स्वदेश आगमनका क्रममा प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री सरोज प्रताप राणाले स्वागत गर्नु भयो । सो अवसरमा रक्षा मन्त्रालयका पदाधिकारी, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया