तुलसीपुर १ असाेज । प्रधान सेनापति प्रभुराम शर्माले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । उहाँ नेपाल सरकारको मिति २०८० भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएको हो । उपरथी श्री राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त हुनुभएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी भरतचन्द्र गुरुङ्ग, लेखा सहायक रथी दर्जामा पदोन्नति हुनु भएका लेखा महासेनानी श्री विनोद थापा र महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्रमुख सेनानी श्री हरि बहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।






