कानुन कार्यान्वयनमा कसैसंग झुक्दैन : तुलसीपुरका डिएसपी पोखरेल

तुलसीपुर,२७ भदौ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलले कानुन कार्यान्वयनमा कसैसंग नझुक्ने बताउनु भएको छ । केहिदिन अघि सरुवा भएर आउनु भएका डिएसपी पोखरेले पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै कसैको प्रभावमा नपरेर काम गर्ने बताउनुभयो ।

अपराध नियन्त्रणमा प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भन्दै उहाँले प्रहरीको नजर नपुगेको ठाउँमा सकारात्मक आलोचना सहितको सुझावका लागि पत्रकारको ठूलो सहयोग आवश्यक पर्ने बताउनुभयो । शान्ति सुरक्षाका लागि आफुसंग भएको जनशक्ती र स्रोत साधनलाई अधिकतम रुपमा परिचालन गर्ने बताउँदै मानव अधिकारलाई खल्तीमा हाल्ने अवस्था आउन नदिने बताउनुभयो ।
‘‘व्यक्तीको मानव अधिकारको कुरा पनि छ । प्रहरीको विवेकको आधारमा छोड्नेलाई थुन्ने र थुन्नेलाई छोड्ने अवस्था आउँन दिदैन् । मान्छेको आफ्नो ह्युमन राइट्सको कुरा पनि छ । सम्झाएर हुने कामलाई किन थुन्ने ?’’ डिएसपी पोखरेलले भन्नुभयो ।
असुरक्षाको महसुस गरेर चारवटा गेटमा चारवटा ताला लगायर सुत्ने भन्दा पनि झ्याल ढोका खुल्ला राखेर ढुक्कसंग सुत्ने वातावरण सृजनाका लागि जनताको सेवामा खट्ने डिएसपी पोखरेलले बताउनुभयो ।

याे पनि पढ्नुहाेस

तुलसीपुरका डिएसपी मल्लको सरुवा

सो अवसरमा पत्रकारहरुले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सक्रिय हुनुपर्ने भन्दै अनुसन्धानमा बाधा नपुग्ने हरेक खालका सूचनाहरु समयमै उपलब्ध गराउन सुझाव दिएका थिए । कतिपय डिएसपीहरु सूचना नदिदा विवादित समेत भएको स्मरण गराउँदै पत्रकारलाई हरहमेसा सूचना आवश्यक पर्ने भएकाले त्यसतर्फ प्रहरी नेतृत्व सधै गम्भिर बन्नुपर्ने बताए ।

इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लको सरुवा भएपछि सम्पती सुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखा काठमाण्डौबाट डीएसपी ठाकुर प्रसाद पोखरेल तुलसीपुर आउनु भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया