२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरका डिएसपी मल्लको सरुवा

दाङ,१७ भदौ । दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लको सरुवा भएको छ । भदौ १५ गतेको निर्णयानुसार मल्लको सरुवा भएको हो । मल्लको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलमा सरुवा भएको छ भने उहाँको ठाउँमा सम्पती सुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखा काठमाण्डौबाट डीएसपी ठाकुर प्रसाद पोख्रेल आउदै हुनुहुन्छ ।

तुलसीपुरमा रहँदा डिएसपी मल्लले नागरिकको समस्या प्रति खासै गम्भिर नबनेको, प्रहरीको चौविसै घण्टा खुल्ला रहनु पर्ने सार्वजनिक मोबाइल नम्बर ९८५७८९००८८ मा फोन नठाएको भन्दै विभिन्न समयमा नागरिक अगुवाहरुले व्यापक गुनासो गर्दै आएका थिए ।

तुलसीपुरमा सरुवा भएर आए लगत्तै डिएसपी मल्लले संचार उद्यमी हेमराज हत्याकाण्ड, जेडि हत्याकाण्ड लगायतका पुराना फाइलको शुक्ष्म अध्यन गर्ने बताए पनि अनुसन्धान तर्फ ध्यान नदिएको पिडितहरुले गुनासो गरेका छन् । डिएसपी मल्ल २०७९ साउन २४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी कमाण्ड सम्हालने गरि आउनु भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।