२०८३ असार २६ गते शुक्रवार

नेपाली सेनाकाे हेलिकाेप्टर मार्फत २ जनाकाे उद्धार

दाङ । लेक लागेर विरामी परेका २ जनाको नेपाली सेनाको हेलिकोप्टरले  उद्धार गरेको छ ।  बाजुराको बडिमालिका मन्दिर दर्शनका लागि गएका कालिकोट जिल्ला, कलपा गाउँपालिका, १ का ३९ वर्षिय धनप्रसाद न्यौपानेलाई त्रिवेणी पाटनस्थित खोलामा अचेत अवस्थामा उद्धार गरेर क्षेत्रीय अस्पताल सुर्खेत लगिएको छ । नेपाली सेनाद्वारा संचालित स्वास्थ्य शिविरमा लगि प्राथमिक उपचार पछि थप उपचारका लाग नेपाली सेनाको हेलिकोप्टर मार्फत न्यौपानेलाई सुर्खेत लगिएको हो ।

यस्तै, सोही मन्दिर दर्शनको क्रममा लेक लागि विरामी परेकी बझाङ जिल्ला, जयपृथ्वी नगरपालिका, ९ की ६५ वर्षिय झुपुदेवी धामीलाई नेपाली सेनाको हेलिकोप्टरले उध्दार गरी जिल्ला अस्पताल बाजुरा लगिएकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया