एमसीसी खारेजीको बिकल्प छैन : विकास वली

तुलसीपुर, ११ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टीका राप्ती ब्यूरो कार्यालय सचिव विकास वलीलले ९० प्रतिशत मान्छे अमेरिकी सहयोग परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरुद्धमा भएको बताउनु भएको छ ।

रेडियो प्रकृति एफएमको चर्चित बहस बिचारमन्थन कार्यक्रममा बोल्दै सर्तसहितको ६० अरब सहयोग नोपाललाई आवश्यक नभएको बताउनुभयो । अहिले पनि एमाले, काँग्रेस, माओवादी लगायतका पार्टीका नेता र जनता समेत गरेर ९० प्रतिशत एमसीसीको विरुद्धमा भएकाले यसको खारेजीको बिकल्प नभएको बताउनुभयो । एमसीसी भदाै १३ गतेदेखि कार्यान्वयनकाे चरणमा जाँदै छ ।
सुन्नका लागि तल क्लिक गर्नुहोस

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया