२०८३ कार्तिक ११ गते मङ्गलवार

अञ्चल अस्पताल तुलसीपुरमा डाईलासीस सेवा कहिले देखि ?

लक्ष्मण विश्वकर्मा,तुलसीपुर,२२ फागुन । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डाईलासीस सेवा अझै पनि सन्चालनमा आउन सकेको छैन । अस्पतालमा मेसीन जडान भएको लामो समय वितिसक्दा पनि प्राविधिक समस्या तथा दक्षजनशक्तिको अभावका कारण अहिले सम्म पनि सेवा सन्चालनमा आउन नसकेको अस्पातलले बताएको छ । पटकपटक भाका सर्दै आएको अन्चल अस्पतालको डाईलासिस सेवा आगामी चैत १ गतेदेखी सन्चालनमा आउने भएको छ । दुई वटा डाक्टर र एक जना नर्सले यस सम्वन्धि तालिम लिईरहेको नासु नवेन्द्र गिरीले जानकारी दिएका छन् । अस्पतालमा डाईलासिस सेवा सन्चालनका लागी जेनेरेटरको समस्या तथा दक्षजनशक्तिको अभाव भएको अस्पतालका नायव सुब्वा गिरीले बताए । अस्पतालमा जेनेरेटर भएपनि उक्त मेसीन चलाउन कठिन भएकोे अस्पताल बताउछ । हतारमा सेवा सन्चालन गर्नुभन्दा दिर्घकालिन रुपमा भरपर्दो सेवा दिने गरी आबश्यक तयारी पुरा गरी सेवा सन्चालन गरिने अस्पताले बताएको छ । यस अघि गत पुस महिनामा डाईलासिस सेवा सन्चालन गर्ने भनिएको थियो । तर विभिन्न कारण देखाउदै उक्त समयमा सेवा सन्चालनमा आउन नसकेपछि फेरी फागुन महिना भित्र सन्चालन ल्याउने अस्पतालको तयारी भएको थियो । यसैविच जेनेरेटरको व्यवस्थाका लागी तुलसीपुर उपमहाहनगरपालिकालाई आग्रह गरेको नासु गिरीले बताएका छन् । सेवा सन्चालनमा आए पछि अस्पतालमा क्यान्सर विरामी र मृगौला विरामीहरुलाई उपचारमा सहज हुने भएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।