तुलसीपुर, १५ असार । सधैं कक्षाकोठामा रहने तुलसीपुर ७ दाङमा रहेको दिव्य कुन्ज एकाडेमीका विद्यार्थी आज शुक्रबार रोपाइँमा रमाएका छन् । असार १५ अर्थात् धान दिवसको अवसरमा विद्यालयले तुलसीपुर ३ दमारगाउँ नजिकै खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगेको थियो ।
सोही अवसरमा रोपाइँमा विद्यार्थीलाई शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए । शिक्षक शिक्षिकाहरुले उनीहरुलाई रोपाइँमा प्रयोग हुने औजारहरुका बारेमा समेत जानकारी गराएका थिए । बिद्यार्थीहरु उक्त कार्यमा सहभागी हुन पाउदा खुसी एवम् नयाँ अनुभव भएको प्रतिक्रिया दिएका थिए ।
प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।