तुलसीपुर, १५ असार । आज राष्ट्रीय धान दिवसको अवसरमा नेकपा एमाले दाङले किसानको खेतमा गएर धान रोपेर धान दिवस मनाएको छ । तुलसीपुर उपमहानगरपालिका १३ स्थित किसान रोबरसिंह खड्का र मान बहादुर चौधरीको झन्डै दुई बिगाह खेतमा धान रोपेर दिवस मनाएको एमाले तुलसीपुर १३ का पार्टी सचिव गोविन्द सुवेदीले जानकारी दिनुभएको छ । सो अवसरमा किसानहरुले नेकपा एमालले किसानको खेतमा गएर धान रोपेर दिवस मनाएकोमा खुसी व्यक्त गरेका थिए भने समयमै मल नपाउदा धान रोपाईमा समस्या भएको पनि गुनासो गरेका थिए । किसानलाई समयमै रासायनिक मलको व्यवस्था मिलाउन उनीहरुले आग्रह समेत गरेका छन । त्यहा उपस्थित एमाले नेताहरुले किसानलाई समयमै मल उपलब्ध गराउन आफुहरुले प्रयास गरिरहेको बताएको सचिव सुवेदीले जानकारी दिनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीको प्रमुख आथित्यता एवम् अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटिका उपाध्यक्ष तुलसा पोख्रेल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, जिल्ला सचिव मनोहर बुढाथोकी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य कृष्ण चौधरी, जिल्ला अध्यक्ष केशव गिरी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, तुलसीपुर ११ का वडाअध्यक्ष मान बहादुर रावत, १३ नम्बरका वडाअध्यक्ष मोहन पौडेल, १८ नमबरका वडाअध्यक्ष माधव वली, १३ नम्बरका पार्टी अध्यक्ष खिमकान्त पाण्डेलगाएत एमाले नेता तथा कार्यकर्ता गरी झन्डै १ सय ५० जनाको उपस्थितीमा धान रोपाई कार्यक्रम गरिएको बताइएको छ । नेकपा एमाले जनताको साथमा छ भनेर जनतालाई बुझाउने उदेश्यले जनताको खेतमा गएर धान रोपाई कार्यक्रम गरिएको नेकपा एमाले दाङले जनाएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।