तुलसीपुर १९ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालयमा कुखुरा पालन र बाख्रा पालन सम्बन्धी तालिमको समापनभएको छ । प्राविधिक तथा ब्यावासायिक तालिम परीषद् बुटवलको आर्थिक सहयोगमा सञ्चालित ६५ दिने तालिमको आज समापन गरिएको हो । विब्यस अध्यक्ष् ाहोताराम बस्नेतको अध्यक्षतातथा वडा नम्बर ११ काअध्यक्ष् ामानबहादुर रावतको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो ।
समापन अवसरमा प्रधानाध्यापक पदमबहादुर वली, विब्यस सदस्यअर्जुन बहादुर बस्नेत, मावि कोर्टिनेटर यज्ञ बहादुर अधिकारी, प्रशिक्षकहरु डा. आस्था अधिकारी र सुनिता बुढाथोकी, शिक्षक ईन्द्रमणि खड्का प्रशिक्षार्थीहरु सुशिला बुढाथोकी र करुणा परियार लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सिपमुलक तालिमको प्रभावकारीता धेरै भएको हुदा आगामिदिनमा पनि निरन्तरा दिनुपर्ने बताएका थिए । कार्यक्रमको सहजिकरण वि.ब्य.स.का शिक्षक प्रतिनिधि शुष्मा भण्डारीले गर्नुभएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।