तुलसीपुरमा ८ सय बोरा युरिया मल आएको छ । बुधबार ८ सय ४० बोरा युरिया आइपुगेको कृषि सामग्री कम्पनि लिमेटेड तुलसीपुरका प्रमुख तिर्थराज न्यौपानेले जानकारी दिनुभयो । उक्त मल पश्चिम दाङको बबई गाउँपालिकाबाट वितरण गर्न सुरु गरिएको छ ।पहिलो चरणमा बबई, दंगीशरण र शान्ति नगरमा बितरण गरेपछि तुलसीपुरका सहकारीलाई बितरण गरिने कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
कम्पनिले बबई र शान्तिनगरका प्रति सहकारीलाई ६५/६५ बोरा, दंगीशरणका सहकारीलाई ७४ र तुलसीपुरका सहकारीलाई ५५ बोरा युरिया मल दिने गरेको छ । कृषि सामग्री कम्पनि सहित पालिका प्रमुख तथा उप्रमुखको संयुक्त बैठकले कृषकको संख्याको आधारमा मल दिने निर्णय गरेको हो ।
कम्पनिले दाङका ९९ र सल्यानमा १३ वटा सहकारीलाई मल दिने गरेको छ । १५ सय मेट्रिक टन युरियाको आवश्यक पर्ने भएपनि ३ सय ५ मेट्रिक टन युरिया मात्रै आउँने कम्पनीले बताएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।