तुलसीपुर,१५ साउन । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०७९ को सन्दर्भमा विभिन्न सहयोग सामाग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन दाङको आयोजनामा आइतबार मानवसेवा आश्रम तुलसीपुरमा नगद सहित भोजन तथा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उप–प्रमुख श्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहिदको सम्झनामा यसरी सहयोग सामाग्री हस्तान्तरण गर्नु सरानिय काम रहेको बताएका थिए । सो अवसरमा नगद १२ हजार, चामल १०० केजी., आटा २० केजी., चिउरा १२ केजी., दाल ५ केजी, खाने तेल ५ लिटर, नुन २ पोका लगाएतका सामाग्री सहयोग भएको थियो ।
नेपाल निजामति कर्मचारी सङ्गठन तुलसीपुर नगर अध्यक्ष भेषराज चन्दकोव स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो । त्यसैगरी सङ्गठनले हिजो शनिबार बालविद्यामन्दिर घोराहीमा विभिन्न शैक्षिक सामाग्री वितरण गरेको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।