२०८२ असोज २६ गते आइतवार

दाङमा गोठ ढलेर २ वर्षीया वालिकाको मृत्यु

फाइल फोटो

तुलसीपुर,३२ असार । दाङमा गोठ ढलेर एक वालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ पर्सेनी बस्ने इन्द्रहिन मियाँकी २ वर्षीया छोरी कविता खाँतुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शनिबार बिहान साढे ८ बजे गोठ ढल्दा चोट लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

बालिकाको शव पोष्टमार्ट गर्नलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया