२०८३ भाद्र १३ गते शनिवार

हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

काठमाण्डौ, २५ असोज । डोटीमा हाइस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । अछामबाट धनगढीका लागि छुटेको सुपप्र०१००१ ख ३९५६ नम्बरको हाइस बिहान भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ गोल्डेनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।   कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज रावलका अनुसार ज्यान गुमाउनेमा अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियार रहेकी छन् । घाइते हुनेमा केही बालबालिका छन् । घाइते सबैलाई उपचारको लागि अत्तरिया पठाएको प्रहरी निरीक्षक रावलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।